Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा विभिन्न मुद्वाका ३ जना फरार प्रतिबादी पक्राउ


2.8K
Shares

गोरखामा विभिन्न मुद्वाका ३ जना फरार प्रतिबादी पक्राउ

गोरखा, १५ साउन । गोरखामा विभिन्न मुद्वाका ३ जना फरार प्रतिबादीलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ परेका सबै पालुङटार नगरपालिकाको भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

गोरखा जिल्ला अदालतबाट विभिन्न मितिमा कैद तथा जरिवाना भएर फरार रहेका अभियुक्तरुलाई ईलाका प्रहरी कार्यालय ठाँटी पोखरीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सार्वजनिक मुद्वा, बन मुद्वा र लागु औषध मुद्वाका १–१ जना रहेको पनि ठाँटी पोखरी प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका सबैलाई आइतबार नै गोरखा जिल्ला अदालत पेश गरिएकोमा सार्वजनिक र बन मुद्वाका अभियुक्तले अदालतले तोकेको जरिबाना दाखिल गरेर छुटेका प्रहरीले जनाएको छ ।

पक्राउ परेका मध्ये लागु औषध मुद्वाका पालुङटार नगरपालिका ६ बस्ने २५ बर्षिय मनोज श्रेष्ठलाई भने अदालतले कैद भुक्तानका लागि गोरखा कारागार चलान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology