Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा नगरपालिकाबाट शुरु भयो राष्ट्रिय परिचयपत्र दर्ता अभियान


3.6K
Shares

गोरखा नगरपालिकाबाट शुरु भयो राष्ट्रिय परिचयपत्र दर्ता अभियान

गोरखा, १५ साउन । गोरखामा राष्ट्रिय परिचय पत्र दर्ता अभियान सुरु भएको छ । गोरखा नगरपालिकाको १४ वटा वडाबाट दर्ता अभियान सुरु गरिएको हो ।

नगरपालिकाको केही वडामा शुक्रबारबाट सुरु भएको दर्ता अभियान शनिबारबाट सबै वडाबाट सुरु गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताउनु भयो । जनशक्ति र आवश्यक सामग्री अपुग भएका कारण एक पालिकाबाट मात्र अभियान सुरु गरिएको उहाँले जानाकारी दिनुभयो ।

३० वटा स्टेशन जडान गरेको तर दुई वटामा प्राविधिक कारण संचालन हुने नसकेको र २८ वटा स्टेशनबाट दर्ता अभियान संचालन भइरहेको राष्टिूय परिचयपत्र तथा पञ्जीकरण विभाग गोरखा जिल्लाका सुपरभाइजर विनिता ढुङ्गेलले बताउनु भयो । विभागबाट ४२ वटा मेसिन ल्याएको भएता पनि ३० स्टेशनको उपकरण मात्र राम्रो अबस्थामा रहेको र बाँकी विग्रिएका सामाग्री मर्मत संभारका लागि विभागलाई पत्रचार गरिसकेको बताएको छ ।

अभियान गोरखा नगरपालिका भित्र सम्पन्न भइसकेपछि मात्र अन्य पालिकामा विस्तार गर्ने लक्ष्य रहेको जनाएको छ । त्यस्तै, हरेक वडामा विभागबाट खटिएको दुईजना अपरेटर, रुजु गर्ने अधिकारीका रुपमा वडा सचिव र एक जना दर्ता सहयोगी रहने राष्टिूय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । हाल ‘अनलाइन’ र ‘अफलाइन’ गरी दुई तरिकाले परिचयपत्रको दर्ता गर्ने अभियान संचालन भइरहेका छन् । कम्तिमा ७० प्रतिशत जनसंख्यालाई राष्टिूय परिचय पत्रमा आबद्ध गराउने विभागको लक्ष्य रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology