गोरखा, १५ साउन । गोरखा चेम्बर अफ कमर्शको अध्यक्षमा पुनः भाइचन्द्र श्रेष्ठ सर्वसम्मत चयन हुनु भएको छ। गोरखा सदरमुकाममा शनिबार सम्पन्न भएको चेम्बरको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट अध्यक्षमा पुनः श्रेष्ठ चयन हुनु भएको हो ।
अधिवेशनबाट अध्यक्ष सहित २३ जना सदस्य सर्वसम्मत चयन गरिएको छ । समितिको सदस्यहरुमा विनोदबाबु अर्याल, अरविन्द कुमार गुप्ता, सूर्यमाया श्रेष्ठ, सीता श्रेष्ठ, ज्ञानु अधिकारी अर्याल, प्रताप ढकाल, सीता कुँवर, सुजन गर्तौला, कविता अर्याल, रामशरण कोइराला चयन भएका छन् ।
यस्तै विष्णुबहादुर राना, रामस्वरुप श्रेष्ठ, कृष्ण प्रसाद लामिछाने, सुमेन्द्र श्रेष्ठ, शिशुबाबु प्रधान, शिव कुमार श्रेष्ठ, सुनिता घलान, सुस्मिता घले, आश कुमारी गुरुङ, सीता गुरुङ, विशाल राना, कमल नारायण श्रेष्ठ, अशोक बाबु राना चेम्बरका सदस्यमा सर्वसम्मत भएका हुन् । आज (आइतबार)सदस्यहरुबाट नै पदाधिकारीको चयन हुने गोरखा चेम्बर अफ कमर्सले जनाएको छ ।
त्यस्तै, नेपाल ओमेन चेम्बर गोरखाले शनिबारैै दोस्रो साधारण तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट नेपाल ओमेन चेम्बर गोरखाको अध्यक्षमा ज्ञानु अधिकारी चयन हुनु भएको छ । अधिकारीको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा पूर्णकुमारी प्रधान शाही, सचिवमा सूर्यमाया श्रेष्ठ, सह–कोषाध्यक्षमा शर्मिला वाग्ले, सहसचिवमा गोमा पोखरेल चयन हुनु भएका छन् ।
चेम्बर अफ गोरखाका अनुसार सदस्यहरुमा सानुमाया खड्का, सरस्वती पोखरेल, गिता मल्ल र नैना सिंखडा चयन भएको छ ।
कमर्सका अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापामगर, गोरखा नगरपालिका उप्रमुख मसली माया थोकर, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतले मन्तव्य राख्नु भएको थियो।