Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

निरन्तर वर्षाका कारण बस्ती जोखिममा परेकालाई त्रिपाल वितरण गर्दै अध्यक्ष भट्ट


3.5K
Shares

निरन्तर वर्षाका कारण बस्ती जोखिममा परेकालाई त्रिपाल वितरण गर्दै अध्यक्ष भट्ट

गोरखा, १३ साउन । साउन १ गते देखि निरन्तर परेको बर्षाले बारपाक सुलिकोट—२ मान्द्रे फुसिनानको बस्ती जोखिममा परेको छ ।

आज गाँउपालिका अध्यक्ष बिष्णु प्रसाद भट्टसहितको टोलीले स्थलगत अनुगमन गरी पिडित १२ परिवारलाई त्रिपाल वितरण गरिएको उहाँका स्वाकिय सचिव रिजन विश्वकर्माले जानकारी दिनुभयो ।

वर्षाका कारण बस्ती माथीको सडकमा पहिरो गई भाँसिएकोले उक्त बस्ती जोखिममा रहेको उहाँले बताउनु भयो ।

उहाँका अनुसार १३ घर धुरी रहेको उक्त बस्तीमा एउटा परिवार गाँउ बाहिर रहेकाले १२ परिवारलाई दुई÷दुई वटाको दरले त्रिपाल वितरण गरिएको हो ।

माथीबाट खसेको पहिरोले अवरुद्ध सडक अहिले पन्छ्याएर आवतजावत गर्न मिल्ने बनाएको उहाँले बताउनु भयो ।

त्रिपाल वितरण कार्यक्रममा वडाध्यक्ष पुर्ण बहादुर गुरुङ, माओबादी केन्द्रका नेता तथा कार्यकर्ता र स्थानीयको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology