गाेरखा, १३ साउन । गाेरखाका एक पुरूष नारायणी नदीमा खसेर बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका १ मा रहेको जोरकुसुम पार्कमा रहेको चौतारा सरसफाई गर्ने क्रममा गाेरखाका रमेश खनाल चिप्लिएर नदिमा खस्नु भएकाे हाे।
आरूघाट गाँउपालिकाका ४५ वर्षका खनाल लामो समयदेखि भरतपुर महानगरपालिका २ को क्षेत्रपुर बस्दै आउनु भएकाे थियाे ।
बेपत्ता भएका खनालको खोजीको लागि वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी निरिक्षक सहितको विपत्त उद्धार टोलि परिचालन गरिएको छ ।
बिहीबार दिउसो ५ वजे घटना भए लगत्तै स्थानिय र प्रहरीले उहाँको खोजी ब्यापाक पारेको भएता पनि शुक्रबार बिहानसम्म अवस्था पत्ता नलागेको चितवन प्रहरीले जनाएको छ ।