बुटवल १२ साउन । घासँ काट्न गएकी युवतीलाई जवरजस्ती करणी गर्न खोज्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको सैनामैना नगरपालिका ५ तुलबुलिया खोला नजिकै घाँस काट्न गएकी १९ वर्षकी युवतीलाई जबरजस्ती करणीको प्रयास गर्ने स्थानीय ४८ वर्षका नीलमणि दमाईलाई इलाका प्रहरी कार्यालय सालझण्डीले नियन्त्रणमा लिएको जनाएको छ ।
करणी प्रयास गर्ने नीलमणिमाथि करणीसम्बन्धी कसुर अन्तरगत म्याद थप गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले जानकारी दिनुभयो ।