गोरखा, ९ साउन । गोरखामा आज २४८ औँ भीमसेन जयन्ती मनाइएको छ । राष्ट्रिय विभूति तथा नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको जन्म दिनको अवसरमा सोमबार गोरखा नगरपालिका ४ पिपलथोकस्थित भीमसेन स्मृति उद्यानमा निर्मित पूर्ण कदको शालिकमा माल्यार्पण गरी भीमसेन जयन्ती समारोह मनाइएको हो ।
राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानले आयोजना गरेको समारोहमा गोरखा नगरपालिका वडा नं. ४ का अध्यक्ष लाल प्रसाद भट्टराईको अध्यक्षता तथा गण्डकी प्रदेशका सांसद लेख बहादुर थापाको प्रमुख अतिथ्यता रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले थापाको योगदानको बारेमा चर्चा गरेका थिए ।यस्तै भीमसेन थापाको पुख्र्यौली घर भएको ठाउँ भीमसेन थापा गाउँपालिका ८ मा औपचारिक कार्यक्रम गरी जयन्ती मनाएको प्रमुख प्रशासकीय अधिकृत चित्र अधिकारीले जानकारी दिनु भयो ।
भीमसेन जयन्तीको अवसरमा गाउँपालिकाले आज सार्वजनिक विदा पनि दिइएको थियो ।