गोरखा, ९ साउन । गोरखाको भीमसेन थापा गाउँपालिकामा आज सार्वजनिक बिदा दिईएको छ ।
गाउँपालिकाले भीमसेन थापाको जन्मजयन्तीको अबसरमा गाउँपालिका भित्र सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जरा (अक्कल) ले जानकारी दिनुभयो ।
आज पालिका भित्रका सवै सरकारी कार्यालय, संघ संस्थाहरु बन्द हुने उहाँले बताउनुभयो ।
जन्मजयन्तीको अबसरमा साउन ९ गते (आज) राष्ट्रिय विभूति भिमसेन थापाको जन्मथलो बोर्लाङको कोषगाउँ स्थित हवेली दरबारमा निर्माण गरिएको थापाको शालिक अनावरण गर्ने कार्यक्रम समेत रहेको उहाँले बताउनुभयो ।