Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बोर्लाङ स्थित भीमसेन थापाको हवेली दरबार सरसफाईमा जुटे स्थानीयबासी


8.7K
Shares

बोर्लाङ स्थित भीमसेन थापाको हवेली दरबार सरसफाईमा जुटे स्थानीयबासी

गोरखा ८ साउन । गोरखाको भीमेसन थापा गाउँपालिका ८ स्थित भीमसेन थापाको हवेली दरबार परिषरमा सरसफाई गरिएको छ । स्थानीयबासीले दरबार परिषरमा आज सरसफाई गरेका हुन् । जन्म जयन्तीको अबसरमा सोमबार दरबार परिषरमा निर्माण गरिएको थापाको  शालिक अनारबण गर्ने कार्यक्रम रहेकाले सरसफाई कार्यक्रम गरिएको वडाध्यक्ष बिष्णुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

को हुन् भीमसेन थापा:

भीमसेन थापा (सन् १७७५ अगस्ट – सन् १८३९ अगस्ट ५) नेपालको दोस्रो तथा सबैभन्दा लामो समयसम्म पदमा रहेका नेपालका मुख्तियार (प्रधानमन्त्री सरह) तथा राष्ट्रिय विभूति हुनुहुन्छ । राजा रणबहादुर शाहका हजुरिया (शाही सचिव तथा सल्लाहकार) भएपछि भीमसेन थापाको उदय भएको हो । सन् १८०० मा रणबहादुर अधित्याग गरेर निर्वासित जीवन बिताउन भारतको वाराणसी जाँदा भीमसेन थापा पनि सँगै गएका थिए । यसै कृतज्ञताका कारण, रणबहादुर शाहले भीमसेन थापालाई नयाँ विस्तारित सरकारमा काजी (मन्त्री सरहको पद) को पदमा नियुक्त गरे । सन् १८०६ मा रणबहादुर शाहको हत्या उनकै सौतेनी भाइ शेरबहादुर शाहद्वारा भए पश्चात भीमसेन थापाले ९३ जनाको हत्या गरेर स्वयं आफू मुख्तियार (प्रधानमन्त्री सरहको पद) बने ।

भीमसेन थापाको प्रधानमन्त्रीकालमा नेपाल साम्राज्यको निक्कै विस्तार भएको थियो । यसको प्रमाण यसबाट लगाउन सकिन्छ कि त्यस समयमा यस साम्राज्यको सिमाना पश्चिममा सतलज नदी र पूर्वमा टिस्टा नदी सम्म पुगेको थियो । तर, सन् १८१४-१८१६ को नेपाललाई विनाशकारी अङ्ग्रेज नेपाल युद्धमा उनले फसाए, जसको फलस्वरूप नेपालले सुगौली सन्धि गरेर आफ्नो एक तिहाई जमिन इस्ट इन्डिया कम्पनीलाई बुझाउनु परेको थियो । यस युद्धमा पराजयकै कारण नेपालमा ब्रिटिश रेसिडेन्सीको स्थायित्व कायम भएको थियो ।

सन् १८१६ मा युवावस्थामै राजा गीर्वाणयुद्ध विक्रम शाहको मृत्यु तथा उनको उत्तराधिकारी राजा राजेन्द्र विक्रम शाह सानै भएको कारण तथा रानी ललित त्रिपुरा सुन्दरी (रणबहादुर शाहकी कान्छी श्रीमती) तथा केही दरबारियाको समर्थनकै कारण नेपाल अङ्ग्रेज युद्धमा हार भएता पनि भीमसेन थापा शक्तिमै रहेका थिए ।

सन् १८३२ मा उनको ठुलो समर्थक रानी ललित त्रिपुरा सुन्दरीको मृत्य तथा राजा राजेन्द्र विक्रम शाह युवावस्थामा पुगेपछि भीमसेन थापाको शक्ति स्थिर भएको थियो । मुख्यतया पाण्डेहरू भीमसेन थापालाई दामोदर पाण्डेको सन् १८०४ मा भएको हत्याको योजनाकार मान्दथे । अनेक षड्यन्त्र र विरोधी दरबारियाहरूको गतिविधिका कारण अन्ततस् भीमसेन थापा सन् १८३९ मा जेल हालिए र उनले त्यहिँ आत्महत्या गरे । तर, उनको मृत्यु पश्चात पनि आन्तरिक कलह शान्त भएन र सोको फलस्वरूप राणा शासनकालको उदय भयो ।

बाल्यकाल :
भीमसेन थापाको जन्म वि.सं. १८३२ नौ गतेका दिन गोरखाको बोर्लाङको पीपल थोक गाउँमा क्षेत्री परिवारमा भएको थियो । अमरसिंह थापा (सानुकाजी) र सत्यरूपा मायाका जेठा छोरा थिए । उनी बगाले थापा भएको कथन पाइन्छ । उनका भाइहरू सहोदरमा नैनसिंह थापा, अमृतसिंह थापा, भक्तवर सिंह थापा, रणवीर सिंह थापा तथा सौतेनीमा रणजावर सिंह थापा र रणबम सिंह थापा थिए । ब्रतबन्धको क्रममा सर्वप्रथम भीमसेन थापाको भेट रणबहादुर शाहसँग भएको थियो । त्यसबेला उनको उमेर १० बर्षको थियो । एकै उमेरमा साह र थापाको मित्रताको आधारमा त्यसै बेलामा तयार भएको हो । उनको बाल्यकाल गोर्खामा निकै सुखमय रुपमा बितेको थियो । उनको पढाइको व्यवस्था त्यस बेलाको परिस्थिति अनुरुप मिलाइएको थियो ।

भीमसेन थापाले गरेका सामाजिक सुधारकामहरु यस्ता छन् :
कमारा कमारी राख्न नपाउने व्यवस्था,
नेवारहरूको चाडमा खर्चको सिमा तोक्ने काम,
नाप तौलमा सुधार र व्याजदरमा निर्धारण गर्ने काम,
हुलाकको व्यवस्था,
विवाह प्रथामा सुधार जस्तै सानिमा बेहोर्ने प्रथा र
जग्गालाई हले, पाटे, कोदालेको आधारमा अभिलेख राख्ने व्यवस्था ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology