Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

जीपको ठक्करबाट ३ बर्षकी बालिकाको मृत्यु


7.5K
Shares

जीपको ठक्करबाट ३ बर्षकी बालिकाको मृत्यु

संखुवासभा ७ साउन । जीपको ठक्करबाट ३ बर्षिया बालिकाको मृत्यु भएको छ । संखुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर ९ स्थित तुम्लिङटारमा जीपले ठक्कर पैदल यात्री भोजपुरको षडानन्द–५ की भूमिका विष्टको छोरी वर्ष ३ की मनिषा विष्टको मृत्यु भएको हो ।

बाटो काट्ने क्रममा जीपले बालिकालाई ठक्कर दिएको संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । आज बिहान ११ बजे उक्त दुर्घटना भएको उहाँको भनाई छ । तुम्लिङटार विमानस्थल जाने ट्राफिक चोक नजिकै बा २० च ९५०२ नम्बरको जीपले बालिकालाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परि घाइते भएकी बालिकाको उपचार क्रममा मनकामना अस्पतालमा मृत्यु भएको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology