Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा अस्पताललाई हव अस्पतालको रुपमा बिकास गर्न सम्झौता


4K
Shares

गोरखा अस्पताललाई हव अस्पतालको रुपमा बिकास गर्न सम्झौता

गोरखा, ६ साउन । गोरखा अस्पताललाई हव अस्पतालको रुपमा बिकास गर्न सम्झौता भएको छ ।

आज अस्पातल व्यवस्थापन समिति र निक साइमन्स इन्टिच्युटबिच गोरखा अस्पताललाई हव अस्पतालको रुपमा बिकास गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

संघिया स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा गोरखा अस्पताललाई निक साइमन्स इन्टिच्यूटको उपचारत्मक सेवा सहयोग कार्यक्रम अन्तरगत हव अस्पतालको रुपमा विकास गर्न सम्झौता पत्रमा हस्ताक्षर गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो ।

‘हव अस्पताल भन्नाले अस्पतालबाट प्रदान गरिने बहु विषेशज्ञ सेवाको सुनिश्चितता र निरन्तरता लाई जनाउछ । यस अन्तरगत अस्पतालको स्तर (सेकेण्डरी ए स्तरको अस्पताल) बाट प्रदान गरिनु पर्ने विषेशज्ञ लगायत अन्य जनशक्ति, उपकरण तालिम र कर्मचारी आवासको व्यवस्थापन पर्दछ ।’ अस्पतालले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा उल्लेख भए अनुसार यो कार्यक्रमको उदेश्य सेकेण्डरी ए स्तरको गोरखा अस्पतालबाट प्रदान हुनुपर्ने सम्पुर्ण सेवाको निरन्तरता र गुणस्तरीय सेवा प्रवाह गर्नु हो ।

यो कार्यक्रम सम्झौता भए अनुसार यहि श्रावण देखि कार्यान्वयन हुने सूचना अधिकारी कृष्ण ढकालले बताउनु भयो । यसको समयावधि ५ बर्ष सम्म रहेको बताउदै २०८३ आषाढ मसान्त कार्यक्रम संचालन हुनेछ ।

हाल गोरखा अस्पतालबाट ठुला अप्रेशन, प्रयोगशालामा कल्चर, सेवा संञ्चालनमा आएको छ। यसैगरी निकट भविष्यमा नै थाइराइट हर्मोन जाचं सेवा, डायलाइसिस, एचडियु, आइ. सि. यु लगायतका सेवा सञ्चालन अन्तिम तयारीमा रहेको अस्पताले जनाएको छ ।

हेर्नुहोस् अस्पतालले जारी गरेको विज्ञप्तीः

No description available.

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology