Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा घाँस काटेर फर्कदै गर्दा चिप्लिएर लडेर एक पुरुषको मृत्यु


13.3K
Shares

गोरखामा घाँस काटेर फर्कदै गर्दा चिप्लिएर लडेर एक पुरुषको मृत्यु

गोरखा, ४ साउन : गोरखामा चिप्लिएर लड्न पुग्दा आज एक पुरुषको मृत्यु भएको छ । जिल्लाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ३ स्थित टारीफाँट सामुदायिक बनमा घाँस काटेर फर्कदै गरेका स्थानीयबासी ५० बर्षका दयाराम लामिछानेको चिप्लिएर लड्न पुग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

दिउँसो करिब ३ बजे बजे घाँस लिएर फर्कदै गरेका लामिछाने चिप्लिएर झण्डै २० मिटर तल पुगेको डिएसपी लामिछानेको भनाई छ । लडेर गभ्भीर घाइते भएका उनलाई उपचारका लागि आरुचनौटे प्राथामिक स्वास्थय केन्द्रमा पु¥याएको भएपनि चिकित्सकले मृत घोषणा गरेको डिएसपी लामिछानेले जानकारी दिनुभयो ।

घटना लगत्तै प्रहरीको टोलीको प्रारम्भिक अनुसन्धान पछि शव पोष्टमार्टम गरि अन्येष्टीका लागि परिवारको जिम्मा लगाइएको उहाँले बताउनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology