काभ्रे ४, साउन । पौडी खेल्न नदीमा पसेका दुई जना बालक बेपत्ता भएका छन् । काभ्रेको तेमाल गाउँपालिमा वडा नम्बर २ मा पर्ने सुनकोशी नदीले बगाएर दुई बालक बेपत्ता भएका छन् ।
बेपत्ता हुनेहरुमा तेमाल गाउँपालिका वडा नम्बर ३ स्थित चौथलीका सोम माझीका ११ वर्षीय छोरा समिर माझी र सोही स्थानकै कुल बहादुर माझीका ८ वर्षीय छोरा कान्छो माझी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
बेपत्ता बालकहरुको खोजीका लागि प्रहरीको टोली घटनास्थल पुगेको प्रहरीको भनाई छ ।