Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गुरु पुर्णिमाको अवसरमा फिनामका गुरु तथा शिष्यहरु सम्मानित


2.1K
Shares

गुरु पुर्णिमाको अवसरमा फिनामका गुरु तथा शिष्यहरु सम्मानित

गोरखा, २९ असार । आज परेको गुरु पुर्णिमाको अवसरमा गोरखा नगरपालिका वडा नं ४ स्थित फिनाममा गुरु तथा शिष्यहरु सम्मानित भएका छन् ।

आज (बुधबार) वडा कार्यालयद्धारा आयोजित कार्यक्रममा वडाका पुर्व शिक्षक र मन्त्रालयका पुर्व सचिव, मन्त्रालयका शाखा अधिकृतालाई सम्मान गरिएको हो ।

पुर्व शिक्षक राम बहादुर थापा, बलराम थापामगर, दिपेन्द्र बहादुर खड्का, माधव थापा मगर र पण्डित विष्णु प्रसाद भट्टराई, मन्त्रालयका पुर्व सचिव केशर बहादुर बानियाँ, उत्कृष्ट शिष्यका रुपमा मन्त्रालयका शाखा अधिकृत मदन खड्कालाई गुरु पुर्णिमा अवसरमा सम्मान गरिएको वडा अध्यक्ष लाल प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

वडा अध्यक्ष भट्टराईको अध्यक्षता तथा मन्त्रालयका पुर्व सचिव बानियाँको प्रमुख आतिथ्यता भएको कार्यक्रम वडा टोलबासीका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology