Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

बोर्लाङमा एकदिने बाख्रा पालन सम्बन्धि तालिम सम्पन्न


6.8K
Shares

बोर्लाङमा एकदिने बाख्रा पालन सम्बन्धि तालिम सम्पन्न

गोरखा, २६ असार । गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ८ मा एकदिने बाख्रा पालन सम्बन्धी तालिम सम्पन्न भएको छ । कोभिड १९ आपतकालिन प्रतिकार्य तथा पुर्नलाभ परियोजना अन्तरगत स्वाँरा सघन गाउँ केन्द्र गोरखाको सहकार्यान्वयनमा साना किसानहरुका लागि बाख्रा पालन तालिम प्रदान गरिएको वडाध्यक्ष बिष्णुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

ऐेरिभन्ज्याङमा भएको तालिमा साविक ५ वटा वडाबाट गरि ३६ जना साना किसानहरुको सहभागिता रहेको उहाँले बताउनुभयो । तालिममा सहभागी भएकाहरुलाई बाख्राको खोर निर्माण, रोगको पहिचान गरि औषधी उपचार गर्ने बिधि लगायतका बिषयमा अभिमुखीकरण प्रदान गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

भीमसेन थापा गाउँपालिका पशु सेवा बिभागका प्रमुख नारायण प्रसाद भट्टराई र स्वाँरा सघन गाउँ बिकास केन्द्रका देवीप्रसाद लामिछानेले सहभागी कृषकहरुलाई सहजीकरण गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology