Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

होटलमा युवकसंग गएकी युवतीले गरिन झुण्डिएर आत्माहत्या


3.4K
Shares

होटलमा युवकसंग गएकी युवतीले गरिन झुण्डिएर आत्माहत्या

बुटवल २६ असार । होटलमा युवकसंग गएकी युवतीले गरिन झुण्डिएर आत्माहत्या गरेकी छिन् । बुटवलको गोलपार्कस्थित गोलपार्क लजमा बुटवलकै एक युवती झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।बुटवल उपमहानगरपालिका–३ स्थित गोलपार्क होटलमा बुटवल पाखापानीकी २१ वर्षीया समीक्षा गुरुङ झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीका अनुसार गएराति ती युवती र एक युवा होटलमा बसेका थिए ।‘ती युवती र युवा राति साढे १० बजे सो होटलमा गएको खुलेको छ । युवकले राति नै बिल तिरेर गएको र पछि चेक आउट हेर्न जाँदा युवती झुन्डिएको भन्दै राति १२ बजे होटल सञ्चालकले फोन गर्नुभएको थियो’, उहाँले भन्नुभयो ।

युवतीसँगै गएका युवकको अहिलेसम्म पहिचान नभएको र अनुसन्धान भइरहेको प्रहरी प्रमुख केसीले जनाएको छ । अहिले युवतीको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको छ । युवतीका आफन्त र होटल व्यवसायी इलाका प्रहरी कार्यालय बुटवलमा छलफलका लागि जुटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology