Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा प्रहरीले फाँड्यो करिब ४० हजार गाँजाको बोट


3K
Shares

गोरखामा प्रहरीले फाँड्यो करिब ४० हजार गाँजाको बोट

गोरखा, २४ असार । जिल्ला प्रहरी कार्यालय गोरखाले गाँजा फडानी कार्यलाई तिव्र पारेको छ ।

जिल्लाको बिभिन्न स्थानहरुमा प्राकृतिक रुपमा उम्रिएका गाँजाको बोटलाई संरक्षण गरी विभिन्न व्यक्तिहरुले लागू औषधको रुपमा प्रयोग गर्न सक्ने भएकाले प्रहरीले फडानी अभियानलाई तिव्र पारेको हो ।

प्रहरीले स्थानीय क्लब, आमा समूह र अन्य सरोकारवाला निकायहरुसंग समन्वय गरी मातहत प्रहरी इकाईहरुबाट खटिएको टोलीले गाँजा फडानी गर्ने कार्यलाई निरन्तरता दिदैँ आएको छ ।

पछिल्लो एक सातामा मात्रै ८ हजार ४ सय २८ गाँजाको बोट नष्ट गरेको प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो।

अभियान सुरु भए यता जिल्ला भरः उन्नतिस हजार ८ सय पैसठ्ठी गाँजाको बोट फडानी गरेको डिएसपी लामिछानेले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology