गोरखा, २३ असार । जिल्ला प्रहरी कार्यालय गोरखाले आज लैङ्गिक हिंसा, कानूनी व्यवस्था, चुनौति र न्युनिकरणका उपायहरु बारेमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ ।
सामुदायिक–प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत प्रहरीले गोरखा नगरपालिका वडा नम्बर १३ मा नागरिकहरुलाई सुुसुचित गराउन अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको हो ।
दरै सामुदायिक भवनमा गरिएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी केदार खनालले अभिमुखीकरण प्रदान गर्नुभएको हो । कार्यक्रममा महिला र पुरुषहरु गरि ५१ जनाको सहभागिता रहेको थियो ।