Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

माओबादी केन्द्रको पोलिटव्युरो सदस्यमा गोरखाका ८ जना (को–को परे यो हेर्नुहोस!) 


5.4K
Shares

माओबादी केन्द्रको पोलिटव्युरो सदस्यमा गोरखाका ८ जना (को–को परे यो हेर्नुहोस!) 

गोरखा, २३ असार । नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) को पोलिटव्युरो सदस्यमा गोरखाका ८ जना नेता परेका छन् । पार्टीको जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पेश गर्नुभएको प्रस्तावमा गोरखा जिल्लाका ८  जना केन्द्रीय सदस्यहरु पार्टीको पोलिटव्युरो सदस्यमा परेका हुन् ।

गोरखाबाट पार्टीका बरिष्ठ नेता नारायणणकाजी श्रेष्ठ, हरिराज अधिकारी, हितराज पाण्डे, लेखनाथ न्यौपाने, अमर तमु, सुशीला सिम्खडा, परशुराम रम्तेल, चुडामणी खड्का  पोलिटव्युरो सदस्यमा परेका हुन् ।

अध्यक्ष प्रचण्डले पोलिटव्युरोमा कुल १२५ सदस्यको प्रस्ताव गर्नुभएको थियो । बैठकमा पेश गरिएका नाममा केन्द्रीय सदस्यहरुले भने असन्तुष्टी समेत जनाएका छन् । अहिले सार्वजनिक भएको नामावलीमा केही थपघट हुनसक्ने स्रोतले बताएको छ ।

बैठकले ४१ सदस्सीय स्थायी समिति गठन गर्ने अध्यक्ष प्रचण्डको प्रस्ताव समेत पारित भएको छ । जसमा पूर्व १३ जना स्थायी समिति सदस्यहरु स्वतः रहने छन् भने बाँकी प्रदेश इन्चार्ज तथा कार्यालयका मुख्य सचिव तथा सिनियर नेताहरु बसेर टुङगो लगाउने बताइएको छ । अन्तिम फाइनल हुन बाँकी छ । एक नेताले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology