Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

प्रहरी सहायक हवल्दार कुमाल बने ‘वेस्ट पुलिस अफ द मन्थ’


2.1K
Shares

प्रहरी सहायक हवल्दार कुमाल बने ‘वेस्ट पुलिस अफ द मन्थ’

गोरखा, २३ असार । जिल्ला प्रहरी कार्यालय गोरखाले प्रहरी सहायक हवल्दार सुरेश कुमाललाई ‘वेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरेको छ ।

मंगलवार जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच एसपी केदार खनालले जौवारीमा कार्यरत कुमाललाई जेठ महिनाको वेस्ट पुलिस घोषणा गर्नु भएको हो।

समुदायमा प्रहरीको छवि सकारात्मक बनाउने काम गर्नु भएको, फरार प्रतिवादी पक्राउ गर्न सफल हुनु भएको, अवैध उत्खनन र चोरी निकासी नियन्त्रणमा महत्वपूर्ण भुमिका निर्वाह गर्नु भएको भन्दै कुमाललाई नगद सहित दोशल्ला र प्रशंसा पत्रले सम्मान गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाले हरेक महिना ‘वेस्ट पुलिस अफ द मन्थ’ घोषणा अभियानलाई गर्दै आएको छ ।

प्रहरीहरुको मनोबल उच्च राख्न भन्दै जिल्ला प्रहरी कार्यालयले उत्कृष्ट घोषित प्रहरीको फोटो एक महिना भर कार्यालय परिसरमा पनि झुण्ड्याउने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology