गोरखा, २३ असार । गोरखा सदरमुकाम क्षेत्रमा जडान गरिएका अबरुद्ध भएका ६४ थान सिसि क्यामरा पुनः मर्मत गरि सञ्चालनमा ल्याइएको छ । नगरपालिकाको बिभिन्न क्षेत्रमा जडान गरिएका सिसि क्यामेरा गएको केही समयदेखि अबरुद्ध हुदै आएको थियो ।
अपराध अनुसन्धानलाई बैज्ञानिकरण गर्दै लैजाने उद्देस्यले गोरखा नगरपालिकाको आर्थिक सहयोगमा गोरखा सदरमुकाम क्षेत्रमा ७५ थान सिसि क्यामेरा जडा गरिएको थियो ।
हिजोदेखि मर्मत कार्य सम्पन्न भई बिग्रिएका सिसि क्यामरा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो ।
सिसि क्यामेरा सञ्चालनमा आएसंगै बजार क्षेत्रमा हुनसक्ने अपराधको अनुसन्धानमा अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्न टेवा पुग्ने छ भन्ने विश्वास यहाँले बताउनुभयो ।