Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

करिब २ लाख नगदसहित आँबुखैरेनीबाट १३ जुवाडे पक्राउ


3.6K
Shares

करिब २ लाख नगदसहित आँबुखैरेनीबाट १३ जुवाडे पक्राउ

गोरखा, २१ असार । तनहुँको आँबुखैरेनीबाट करिब २ लाख नगदसहित १३ जना जुवाडे पक्राउ परेका छन् ।

आँबुखैरेनी गाँउपालिका वडा नं ३ आँबुखैरेनी बजार स्थित ईलाका प्रहरी कार्यालयको आडैमा रहेको रीजोन होटल एण्ड खाजाघरबाट गएराती १२ बजे १३ जना जुवाडे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले १ लाख ८० हजार रुपैयाँ नगद बरामद गरेको प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
कौडा खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी निरिक्षक राजकुमार वि.क. कमाण्डको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोरखा, तनहुँ र चितवनका ब्यक्ति रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथी अनुसन्धान भइरहेको र जुवा ऐन अन्तर्गत मुद्दा दर्ता हुने जिल्ला प्रहरी कर्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology