गोरखा, २१ असार । गोरखा नगरपालिका गोरखाको आयोजनामा आजदेखि दुई दिने बिपत व्यवस्थापन सम्बन्धी नमुना अभ्यास, छलफल तथा अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । सदरमुकाममा सुरु भएको कार्यक्रमको उद्घाटन समारोहमा जिल्ला बिपत व्यवस्थापन समितिका संयोजक शंकरहरी आर्चायले बिपत व्यवस्थापनका लागि स्थानीय सरकार सवल र सक्षम हुनुपर्नेमा जोडदिनुभयो ।
उहाँले हरेक स्थानीय तहहरुले बिपतको पूर्व तयारी गर्नुपर्ने बताउदै उहाँले पूर्व तयारीले प्रकोप रोक्न नसकेपछि क्षतिको न्यनिकरण सकिने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी समेत रहनु भएका आर्चायले सवै पालिकामा ओपन स्पेसको पहिचान गर्नुपर्ने बताउनुभयो । उहाँले बिकासको मानामा हुने अव्यवस्थित र असुरिक्षता बिकासले बिपत निम्तिने गरेको त्यसलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्व्वय समिति गोरखाका उपप्रमुख लिला परियारले बिपत जुन बेला आउछ त्यही बेला गरौला भन्ने बिषय नभएको बताउनुभयो । उहाँले बिपतको पूर्व तयारीका सन्दर्भ जिल्लामा प्राथामिकतमा पर्न नसकेको भन्दै त्यसका लागि सवैको ध्यानदिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गोरखा उद्योग बाणिज्य संघका अध्यष कष्ण कुमार श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटी गोरखा जिल्ला शाखाका अध्यक्ष यदुबिलास भट्टराई, गैह्रसरकारी संस्था महासंघ गोरखाका अध्यक्ष सिताराम श्रेष्ठ लगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
गोरखा नगरपालिका गोरखाका प्रमुख कृष्णबहादुर रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाकी उपप्रमुख सपना पुन, प्रमुख प्रशासकिय अधिकृत ज्ञाननाथ ढकाल लगायतको सहभागिता रहेको थियो । दुई दिनसम्म चल्ने कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको बिपत सम्बन्धी नमुना प्रस्तुत गर्नेछन् । कार्यक्रममा गोरखा नगरपालिकाका बातावरण बिज्ञ धुव्रप्रसाद घिमिरले सहजीकरण गर्नुभएको हो ।