गोरखा, २० असार। गोरखा नगरपालिका कुरिनडाँडामा आज एक बृद्व मृत्त अवस्थामा फेला परेको छ ।
गोरखा नगरपालिका ११ को कुरिनडाँडा निवासी ७० वर्षीय कृष्णप्रसाद ढकाल शव सोमबार बिहान ११ बजे फेला परेको हो । घरबाट करिब ३०० मिटर पर गोरेटो बाटोमा उहाँको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक केदार खनालले जानकारी दिनुभयो ।
बाटोमा ढकालको शव देखे पछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । मृत्त ढकालको शवको आजै गोरखा अस्पतालमा पोष्टमार्टम लगत्तै परिवारलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।