गोरखा असार २० । लायन्स क्लव अफ गोरखा दरौदीको वर्ष २२ ।२३ को अध्यक्षमा रमेश विष्टले आफ्नो कार्यकाल वृक्षारोपण तथा क्लवको आफ्नै सचिवालयको उद्घाटन गरेर शूरुवात गरेका छन् । सन २०१६ नोभेम्वर २ मा चार्टर भएको क्लवको सचिवालयको शनिवार आयोजित एक कार्यक्रमका वीच लायन्स क्लव इन्टरनेसनल डिष्ट्रिक ३२५ आइका गभर्नर राम वहादुर वसेलले रिवन काटेर गरेका हुन् । उद्घाटन कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दे गभर्नर वसेलले समाजसेवाको भावका साथ छोटो समयमै क्लवले गरेका सामाजिक तथा सेवामुलक कामवाट आफू प्रभावित भएको वताउदै स्थायी क्लव र गुणस्तरीय सदस्य निर्माणमा जोड दिनुभयो ।
मोफसलमा रहेर पनि क्लवले गरेको समाजसेवावाट आफू प्रभावित भएको भन्दै वसेलले क्लवको प्रशंशा समेत गर्नुभयो । क्लवका अध्यक्ष रमेश विष्टको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव इन्टरनेसनल डिष्ट्रिक ३२५ आइका प्रथम उप गभर्नर चन्द्र कुमार केसी , फष्ट लेडी भावना वसेल , सिनियर एओजी विकास थापा , गोरखा नगरपालिका वडा नम्वर १० का वडासदस्य गोकर्ण वहादुर थापा लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
जुलाई एक तारिखवाट शुरु हुने क्लव पदाधिकारीहरुको कार्यकालको पहिलो कार्यक्रम अन्तर्गत क्लवले तारा माविमा वृक्षारोपण समेत सम्पन्न गरेको अध्यक्ष विष्टले जानाकरी दिए । क्लवको वर्तमान कार्यकालको लागि प्रथम उपाध्यक्षमा कमल नारायण श्रेष्ठ , द्वितीय उपाध्यक्षमा मोहन श्रेष्ठ , तृतीय उपाध्यक्षमा रामचन्द्र पाण्डे , सचिवमा सन्तोष रेग्मी , कोषाध्यक्षमा गिरिश वावु वस्नेत लगाएत पदाधिकारी चयन भएका छन् । क्लवमा हाल १८ जना सदस्यहरु रहेका छन् ।