गोरखा, १९ असार : बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ र २ मा हाडजोर्नी र नसा सम्बन्धी समस्या भएका बिरामहरुका लागि एक दिने निशुल्क फिजियो थेरापी सम्बन्धी शिविर सम्पन्न भएको छ । गाउँपालिका र एकिकरण नेपालको संयुक्त आयोजनमा भएको शिविरमा ३६ जना उपचार सेवा लिएका छन् ।
अपाङ्गता भएका हाडजोर्नी र नसा सम्वन्धि रोग भएका बिरामीहरुका लागि लक्षित गरि शिविरको आयोजना गरिएको हो । शिविरमा बिरामीहरुका लागि फिजियो थेरापी गराइएको आयोजकले जनाएको छ ।
स्वास्थ्य उपचारमा सहभागी भएका बिरामीहरुलाई आबश्यकताका आधार दैनिक कार्य गर्न सजिलो बनाउने उद्देस्यले आबश्यक सहयोग सामग्री समेत उपलब्ध गराइएको जनाइएको छ । शिविर हेन्डिक्याप ईन्टरनेशनल नेपालको आर्थिक तथा प्रबिधिक सहयोगमा सम्पन्न भएको हो ।