Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गाेरखा प्रहरीद्वारा चाेरीका माेटरसाइकल प्रयोग गर्ने दुई जना पक्राउ


5.4K
Shares

गाेरखा प्रहरीद्वारा चाेरीका माेटरसाइकल प्रयोग गर्ने  दुई  जना पक्राउ

गोरखा, १४ असार । गोरखामा चोरीको मोटरसाईकल प्रयोग गर्दै आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  शहीदलखन गाउँपालिका ४ जुद्धिटार स्थित सडकमा सोही ठाउँका ३४ वर्षिय लोकबहादुर थापाले चलाईरहेको मोटरसाईकल चेकजाँच गर्दा चोरीको भन्नेपुष्टि भएको प्रहरीले जनाएको छ ।   चेकजाँचको क्रममा बिलबुक नभएको भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको डिएसपी लिलाराज लामिछानेले बताउनु भयो । उनले उक्त मोटरसाईकल चितवन इच्छाकामना गाउँपालिका वडा नम्बर ३ चुम्लिङटार बस्ने मनोज गुरुङ सँग खरिद गरेको बताएपछि प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएको छ । उक्त मोटरसाईकल गत बैशाख ९ गते चितवनको खैरहनी नगरपालिका वडा नम्बर १ बाट हराएको खुल्न आएको डिएसपी लामिछानेले जानकारी दिनुभयो ।दुवै जनालाई इलाका प्रहरी कार्यालय खैरहनी पठाइएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology