Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा सरस्वती मा.विमा वृक्षारोपण (फोटोफिचर)


5.4K
Shares

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा सरस्वती मा.विमा वृक्षारोपण (फोटोफिचर)

गोरखा, १४ असार । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा गोरखा नगरपालिका ८ आहाले स्थित सरस्वती माध्यमिक विधालयमा वृक्षारोपण गरिएको छ ।

आज विधालयको आयोजना तथा डिभिजन वन कार्यालयको सहकार्यमा फरेष्ट्री पढ्ने विधार्थीहरुको सक्रियतामा एक सय विरुवा वृक्षारोपण गरिएको विधालयका प्रध्यानध्यापक पुरुषोत्तम अर्यलले जानकारी दिनु भयो ।

No description available.

विधालयको हाताभित्र सिमित रहेर कपुर, धुपीलगायतका विभिन्न प्रजातिका विरुवाहरु वृक्षरोपण गरिएको उहाँले बताउनु भयो । मेयर कृष्ण बहादुर राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जनप्रतिनिधि,पत्रकार, स्थानिय टोल सुधार समिति, डिभिजन वन कार्यालय, विधालय ब्यबस्थापन समिति, शिक्षक लगायतको सहभागिता रहेको थियो ।

No description available.

कार्यक्रमलाई सम्बोधन गर्नु हुदैं मेयर राना मगरले विधालयमा स्वाच्छ वातावरण निर्माणका लागी हरियाली कायम गर्नका लागी वृक्षारोपण कार्यक्रम प्रभावकारी हुने बताउनु भयो ।

No description available.

उहाँले नगरपालिका भित्रका अन्य विधालयहरुले पनि विधालय परिसरमा वृक्षरोपण गरेर हरियली वातावरणमा बालबालिकाहरुले पठन पाठन गर्ने अवसर सिर्जना गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले स्वाच्छ सफा र सुन्दर वातावरणमा विधालय भित्रको शिक्षण सिकाई प्रभावकारी हुने विश्वस व्यक्त गर्नु भयो ।

 

No description available.No description available.

No description available.

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology