Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा प्रहरीले फाँड्यो २६ हजार भन्दा बढी गाँजाको बोट


3.2K
Shares

गोरखामा प्रहरीले फाँड्यो २६ हजार भन्दा बढी गाँजाको बोट

गोरखा, १३ असार । जिल्ला प्रहरी कार्यालय गोरखाले गाँजा फडानी कार्यलाई तिव्र पारेको छ ।

जिल्लाको बिभिन्न स्थानहरुमा प्राकृतिक रुपमा उम्रिएका गाँजाको बोटलाई संरक्षण गरी विभिन्न व्यक्तिहरुले लागू औषधको रुपमा प्रयोग गर्न सक्ने भएकाले प्रहरीले फडानी अभियानलाई तिव्र पारेको हो ।

प्रहरीले स्थानीय क्लब, आमा समूह र अन्य सरोकारवाला निकायहरुसंग समन्वय गरी मातहत प्रहरी इकाईहरुबाट खटिएको टोलीले गाँजा फडानी गर्ने कार्यलाई निरन्तरता दिदैँ आइतबार शहिदलखन गाँउपालिका २ मनकामना, ७ बुङकोट, गण्डकी गाँउपालिका ६ घैरुङ,  सिरानचोक गाँउपालिका ६ नयाँसाघु, धार्चे गाँउपालिका ४ लाप्राक, अजिरकोट गाँउपालिका ४ सिमजुङ र आरुघाट गाँउपालिका २ मान्बु गरी ७ स्थानमा गाँजाको बोट फडानी गरेको प्रहरी नायव उपरीक्षक लिलाराज कोइरालाले जानकारी दिनुभयो।

उहाँका अनुसार एकैदिन झण्डै एक हजार २ सय चालिस गाँजाबोट प्रहरीले नष्ट गरेको हो । त्यस्तै आज गोरखा गोरखा नगरपालिका ३ नारेश्वर, शहिदलखन गाउँपालिकाको मनकामना, गण्डकी गाउँपालिका ६ घैरुङ, पालुङटार नगरपालिका ७ बिरुवाटार, वडा नम्बर ९ सिस्नेरी, वडा नम्बर ६ को लामा बगैंचा र सिरानचोक गाउँपालिका वडा नम्बर ५ तल्लो पाम गरि ७ स्थानहरुमा प्राकृतिक रुपमा नष्ट गरेको उहाँले बताउनुभयो ।

ति क्षेत्रमा कुल एक हजार ५ सय आठ बोट गाँजा फडानी गरेको प्रहरीले जनाएको छ । अभियान सुरु भएसगै केहीदिन यता जिल्ला भर: छब्बिस हजार ४ सय बयालिस गाँजाको बोट फडानी गरेको डिएसपी लामिछानेले बताउनु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology