गोरखा, १२ असार : गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर १ मसेलमा २५ घरघुरीका सिमान्तकृत बराम समुदायलाई जिबिको पार्जन कार्यक्रम अन्र्तगत सहयोग प्रदान गरिएको छ । वडा कार्यालयको पहलमा कृषि ज्ञानकेन्द्र गोरखाको जिविको पार्जन कार्यक्रम अन्र्तगत बराम समुदायका कृषकहरुको आर्थिक आयआर्जन बृद्धिका लागि सहयोग प्रदान गरिएको वडाध्यक्ष बिकास श्रेष्ठले जानकारी दिनुभयो ।
कृषि ज्ञान केन्द्रले शनिबार एकदिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरि कार्यक्रमबाट लिन सकिने लाभका बिषयमा जानकारी समेत गराएको छ ।

माझथोक साना किसान कृषि सहकारी अन्र्तगतको समुहलाई कार्यक्रम अन्र्तगत प्रति परिवार करिब २५ हजा रुपैया बराबरको प्लाष्टिक टनेल, २ सय मिटर पाइप, तरकारीको मिनिकिट विउ स्प्रे र एभोगाडो, कागतीको बेर्ना लगायतका फलफुलका बिरुवा तथा धनियाँ, काउली, ब्रो काउली लगायतका अन्य तरकारीका बिउ समेत वितरण गरेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
अभिमुखीकरण कृषि ज्ञानकेन्द्रका प्रमुख परशुराम अधिकारी लगायतको सहभागिता रहेको थियो ।