Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा प्रहरीद्धारा ३ हजार बढी गाँजाको बोट नष्ट


2.4K
Shares

गोरखा प्रहरीद्धारा ३ हजार बढी गाँजाको बोट नष्ट

गोरखा, ८ असार । गोरखा प्रहरीले जिल्लाको विभिन्न स्थानमा ३ हजार गाँजाका बोट नष्ट गरेको छ । प्राकृतिक रुपमा उम्रिएका त्यस्ता गाँजाको बोटहरु नष्ट गरेको जिल्ला प्रहरी कार्यालय अपराध अनुसन्धान तथा कारवाही शाखाले जनाएको छ ।

लागू औषध नियन्त्रण अभियान अन्तरर्गत मनसुन परिवर्तन भए संगै जिल्लाको विभिन्न स्थानमा प्राकृतिक रुपमा उम्रीएका गाँजाको बोटलाई मानिसहरुले संरक्षण गरी लागू औषधको रुपमा प्रयोग गर्ने, बेचबिखन गर्ने जस्ता कार्य गर्न सक्ने भन्दै प्रहरीले गाँजाको बोट नष्ट गर्न थालेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक सोमदास ढकालले जानकारी दिनुभयो ।

ढकालका अनुसार बुधबार मात्रै जिल्लाको विभिन्न स्थानमा प्रहरी तथा स्थानियले ३ हजार गाँजाको बोट नष्ट गरेको हो । उहाँका अनुसार यसलाई अभियानकै रुपमा जिल्ला भर सञ्चालन गरिरहेको छ ।

बुधबार मातहतका प्रहरी इकाईबाट खटिएका प्रहरी तथा स्थानिय र आमा समूह, स्थानिय क्लब तथा सरोकार वाला निकायहरु मिलेर गाँजाको बोट नष्ट गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology