Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गोरखा जिल्ला भलिबल संघको अध्यक्षमा कृष्ण गुरुङ निर्विरोध निर्वाचित


2.8K
Shares

गोरखा जिल्ला भलिबल संघको अध्यक्षमा कृष्ण गुरुङ निर्विरोध निर्वाचित

गोरखा, ७ असार । गोरखा जिल्ला भलिबल संघको अध्यक्षमा कृष्ण गुरुङ निर्विरोध निर्वाचित हुनु भएको छ। गुरुङ पुनःसंघको अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

मंगलबार सम्पन्न जिल्ला अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा कृष्ण दवाडी, महासचिवमा राजुबावु श्रेष्ठ र कोषाध्यक्षमा लक्ष्मण काप्रीलाई निर्विरोध निर्वाचित गरेको केन्द्रिय निर्वाचन समितिले जनाएको छ ।

यसै गरी कार्यसमिति सदस्यमा कृष्ण कुमार श्रेष्ठ, नर बहादुर गुरुङ, जुनी थापा, हरि बहादुर थापा, शर्मिला कुमाल, कोपिला अधिकारी, विकास भट्ट र सानुबावु आले निर्वाचित हुनु भएको छ ।

यसै गरी प्रदेश प्रतिनिधमा महासचिव श्रेष्ठ र कोषाध्यक्ष काप्रीलाई पठाउने निर्णय भएको जनाइएको छ । गुरुङ यस अघि पनि संघको अध्यक्ष हुनु हुन्थ्यो ।

कार्यक्रममा केन्द्रिय निर्वाचन समितीका सदस्य एवम नेपाल भलिबल संघका केन्द्रिय सदस्य राज कुमार गुरुङ, क्षेत्रिय खेलकुदका लेखा प्रमुख डिवी नेपाली, पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघका उपाध्यक्ष नविन गुरुङ, जिल्ला खेलकुदका कार्यालय प्रमुख पञ्चमान राई लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology