गोरखा, ७ असार । गोरखा प्रहरीद्धारा जिल्लको विभिन्न स्थानमा प्राकृतिक रुपमा उम्रेका ५७० गाँजाको बोट नष्ट गरिएको छ ।
आज भिमसेन थापा गाउँपालिका ७ चाहापानी टोल लगायत बिभिन्न स्थानहरुमा स्थानियको सहयोगमा प्रहरी चौकी बोर्लाङबाट प्रहरी सहयक निरिक्षकको कमाण्डमा खटी गएको प्रहरी टोलिले ३०० गाँजाको बोट काटी नष्ट गरेको हो ।
यस्तै गण्डकी गाउँपालिका वडा नं ६ भुम्लिचोक, पोखरी लगायत बिभिन्न स्थानहरुमा पनि स्थानियको सहयोगमा प्रहरी चौकी भुम्लिचोकबाट खटी गएको प्रहरी टोलिले १५० गाँजाको बोट काटी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
यता आजै अजिरकोट गाँउपालिका— ४ बालुवा, ढोडेनी र पोखरीथोकस्थित बिभिन्न स्थानहरुमा पनि स्थानियको सहयोगमा प्रहरी चौकी बालुवाबाट खटिएको टोलीले १२० गाँजाको बोट नष्ट गरेको जनाएको छ ।