Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

मनकामनास्थित एक होटलमा फेला परेको शव शंकास्पद देखिए पछि पोष्टमार्टमका लागि काठमाण्डौं पठाईयो


4.1K
Shares

मनकामनास्थित एक होटलमा फेला परेको शव शंकास्पद देखिए पछि पोष्टमार्टमका लागि काठमाण्डौं पठाईयो

गोरखा, ५ असार । गोरखाको मनकामनास्थित एक होटलमा फेला परेको शव शंकास्पद देखिए पछि पोष्टमार्टमका लागि राजधानी पठाईएको छ । सुतेकै अवस्थामा मृत फेला परेका मनकामना रिर्सोटका कुक रामहरी गौतमको शव पोष्टमार्टमका लागि काठमाण्डौं पठाइएको हो ।

शहिद लखन गाउँपालिका ३ को मनकामना रिर्सोटका कुक २१ वर्षीय गौतम शव गोरखा अस्प्तालमा पोष्टमार्टम गर्न ल्याईएको भएता पनि शवमा केही शंकास्पद कुरा देखिएकोले काठमाण्डौं पठाईएको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी उपरिक्षक केदार खनालले जानकारी दिनु भयो ।

गएको बिहीबार खाना खाएर सुत्न गएका गौतम शुक्रबार बिहान मृक्त फेला परेको भन्दै रिर्सोटक कर्मचारीहरुले प्रहरीलाई जानकारी गराएका थिए ।

जिल्लामा भन्दा राजधानीमा सुविधा सम्पन्न ल्याब भएका कारण शव काठमाण्डौं पठाएको भन्दै पठाएको प्रहरी उपरिक्षक खनालले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology