Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा प्रदेशको प्राथामिकता : चुमनुब्रीमा सडक पु-याउनेदेखि कृषि उत्पादन बढाउनेसम्म


3.8K
Shares

गोरखामा प्रदेशको प्राथामिकता : चुमनुब्रीमा सडक पु-याउनेदेखि कृषि उत्पादन बढाउनेसम्म

गोरखा, २ असार । गण्डकी प्रदेश सरकारले गोरखामा आगामी आर्थिक बर्ष २०७९/८० मा सडक पूर्वाधारको बिकास, कृषि उत्पादन बृद्धिदेखि पर्यटकिय गन्तव्यको बिकाससम्मका कार्यक्रमलाई प्राथामिकता दिएको छ । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी बरालले बुधबार घोषणा गर्नु भएको बजेट बक्तव्यमा सडक सञ्जाल नपुगेको गोरखा जिल्लाको चुमनुब्री गाउँपालिकाको केन्द्रसम्म सडक पु¥याउने घोषणा गर्नुभएको हो ।

बजेटमा चुमुनब्री गाउँपालिकाको केन्द्र सिर्दिबासमा सडक बिस्तारका लागि बजेट बिनियोजन गरेको बताउनुभयो । गोरखाको चुमनुब्री र मनाङको नार्फा भूमि गाउँपालिकाको केन्द्र जोड्न २ करोड रुपैया बजेट बिनियोजन गरेको अर्थमन्त्री बरालले घोषणा गर्नुभयो । चुमनुब्री गाउँपालिकामा अहिलेसम्म सडक सञ्जाल पुगेको छैन ।

प्रदेश सरकारले जिल्लाको आरुघाट गाउँपालिका हुदै तिब्बत जोड्ने रुइला नाकासम्म पुग्ने बाँकी सडकखण्डको पूर्वाधार बिकासको अध्ययन सम्भाव्यता गर्न समेत आगामी आर्थिक बर्षका लागि बजेट बिनियोजन गरेको छ । इरुला नाकासम्मको सडक बिस्तार गर्न सके गोरखाको सिमाना हुदै तिब्बतसम्म सडक सञ्जाल पुग्नेछ । त्यस्तै प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेटमा उत्तरी गोरखाको स्याउ उत्पादन हुने क्षेत्रमा स्याउ उत्पादन था प्रसोधन केन्द्र सञ्चालन गर्ने घोषणा गरेको छ ।

उच्च जनघनत्वमा आधारित स्याउ बगैचा बिकास र तथा बिस्तार गरी प्रदेशलाई स्याउमा आत्मानिर्भर हुन तथा आयात प्रतिस्थापन गर्न प्रदेश सरकारले स्याउ बिशेष र शिष्तोष्ण कार्यक्रमलाई निरन्तरता दिन गोरखा मनाङ र मुस्ताङका लागि कुल १७ करोड ५० लाख बजेट बिनियोजन गरेको मन्त्री बरालले बताउनुभयो । प्रदेश सरकारले गोरखा जिल्लाको लिगलिगकोटलाई पर्यटकिय गन्तव्यको रुपमा बिकाास गर्ने घोषणा पनि आगामी आर्थिक बर्षको बजेट मार्फत गरेको छ ।

त्यस बाहेक कृषि क्षेत्रमा उत्पादन बृद्धिका लागि जिल्ला भित्र रहेका ठूला फाँटहरुमा लिफ्ट सिञ्चाईको व्यवस्था गर्ने घोषणा गण्डकी प्रदेश सरकारले गरेको छ । बजेट बक्तव्यमा जिल्लाको पालुङटार नगरपालिकामा पर्ने, पालुङटार फाँट, गण्डकी गाउँपालिकाको ध्यालचोकटार, भीमसेन थापा गाउँपालिकाको पिपलटार लगायतका टारहरुमा लिफ्ट एवम भूमिगत जलश्रोटको संयोजनात्मक उपयोग गरी बाह्रै महिना सिंचाइ सुबिधा उपलब्ध गराउने गरी वजेटको व्यवस्था गरेको मन्त्री बरालले घोषणा गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology