Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा आगलागीबाट एक जना युवतीको मृत्यु


5.7K
Shares

गोरखामा आगलागीबाट एक जना युवतीको मृत्यु

गोरखा, ३१ जेठ । उत्तरी गोरखाको बिहीमा आगलागी हुदाँ एक जना युवतीको ज्यान गएको छ । मृत्यु हुनेमा चुमनुब्री गाउँपालिका ५ की २१ वर्षीय ओरगेन छोडेन रहेको छ ।

गत १७ गते घरमा खाना पकाउने क्रममा आगलागीबाट जलेर गंभिर घाइते भएकी उनलाई हेली मार्फत उपचारको लागि काठमाडौंको किर्तीपुर अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा आइतबार मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यता घटना बिषयमा आफुहरुलाई हिजो मात्र जानकारी आएको र सो सम्वन्धमा बुझने क्रममा आफ्नै घरमा खाना पकाउने क्रममा मेसिनमा प्रयोग गर्नको लागि राखिएको पेट्रोलमा आगो लागेर जल्दा गम्भीर घाइते भएकी उनको कीर्तिपुर नगरपालिका २ देबढोकास्थित कीर्तिपुर अस्पतालमा थप उपचारको क्रममा आइतबार मृत्यु भएको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक केदार खनालले बताउनु भयो ।

युवतीको मृत्यु पछि किर्तीपुर प्रहरीमा जाहेरी परे संगै जिल्ला प्रहरी कार्यालयमा पत्राचार भए पछि मात्र कार्यालयलाई जानकारी भएको प्रहरी उपरिक्षक खनालले जानकारी दिनु भयो।

घटनाका सम्पन्धमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology