गोरखा, २९ जेठ । नेपाल रेडक्रस सोसाइर्टी रानीस्वाँरा उपशाखाको सभापतिमा कृष्णबाबु कुँवर चयन हुनुभएको हो । उपशाखाको ७ औ अधिवेशन बाट समितिको उपसभापतिमा कल्पना कुँवर, सचिवमा शिव के.सी, कोषाध्यक्षमा लिला श्रेष्ठ, उपसचिवमा किरण ढकाल र उपकोषाध्यक्षमा बिश्वनाथ अर्याल चयन हुनुभएको हो ।
त्यस्तै महिला सदस्यमा शकुन्तला खत्री, सदस्यहरुमा बिष्णुहरी कट्टेल, पदमबहादुर बस्नेत, बाबुराम खत्री, मोहमद फजुल मियाँ चयन भएको उपशाखाले जनाएको छ ।