Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


3.3K
Shares

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रासस, २८ जेठ । कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

भीमदत्त नगरपालिक—२ भाँसीस्थित पूर्व–पश्चिम राजमार्गमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा शनिबार एक मोटरसाइकल चालकको मृत्यु भएको हो।

से २ प ५६५८ नम्बरको मोटरसाइकललाई से १ त ९६६८ नम्बरको ट्याक्टरले ठक्कर दिँदा मोटरसाइल चालक भीमदत्त नगरपालिका–१ बाराकुण्डाका ४० वर्षीय तेजसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताउनु भयो।

बेदकोट नगरपालिका–१० का २५ वर्षीय ट्याक्टर चालक राकेश रानालाई नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनु भयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology