Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा सवारी दुर्घटना, एक युवक घाइते


10.6K
Shares

गोरखामा सवारी दुर्घटना, एक युवक घाइते

गोरखा, २८ जेठ। गोरखामा सवारी दुर्घटना हुदाँ एक युवक घाइते भएका छन् । घाइते हुनेमा शहिद लखन गाउँपालिका वडा नम्वर ७ मकैपुरका २४ वर्षीय प्रदिप श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

गोरखा सदरमुकामबाट घर फर्कने क्रममा ना २४ प ६५८६ नम्वरको मोटरसाइकल विपरित दिशाबाट आइरहेको प्रदेश ३ ०१ ०२२ च ७८५८ नम्वरको बोलेरो जिपसँग गोरखा नगरपालिका–८ बराहमा एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

घाइते श्रेष्ठलाई गोरखा अस्पतालमा सामान्य उपचार पश्चात चितवनको पुरानो मेडिकल कलेज रिफर गरिएको छ । उनको नाक र कम्मरमा चोट लागेको र अवस्था मध्यम रहेको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज प्रेम प्रकाश पोखरेलले बताउनु भयो ।

बोलेरो जीप र चालक प्रहरी नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology