Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

बारपाकका बिरामीलाई अस्पताल लैजान हेलिकप्टर चार्टर


3.6K
Shares

बारपाकका बिरामीलाई अस्पताल लैजान हेलिकप्टर चार्टर

गोरखा, २७ जेठ । वर्षा पछिको पहिरोका कारण मुग्लिङ आँबुखैरेनी सडक खण्ड अवरुद्ध हुँदा गोरखाको बारपाकका बिरामीलाई अस्पताल लैजान हेलिकप्टर चार्टर गर्नु परेको छ ।

बारपाकका बालशम्शेर गुरुङलाई उपचारका लागि काठमाडौं लैजान उनका आफन्तले हेलिकप्टर प्रयोग गरेका हुन् ।

गत सोमबारबाट स्वास्थ्यमा समस्या देखिएका गुरङलाई आफन्तले बारपाकबाट एम्बुलेन्समा दमौली ल्याएका थिए ।

तर पहिरोले सडक अवरुद्ध भएकोले उनीहरुले दमौलीमा हेलिकप्टर बोलाएर बिरामी काठमाडौं लगेका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology