Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा बाढी : कतै घर, पुल बगायो, कतै हजारौँ रोपनी खेत बगर बन्यो


6.7K
Shares

गोरखामा बाढी :  कतै घर, पुल बगायो, कतै हजारौँ रोपनी खेत बगर बन्यो

गोरखा, २७ जेठ । बिहीबार रातिको वर्षापछिको बाढीले गोरखाको विभिन्न ठाऊँमा क्षति पुयाएको छ ।

पालुङटार नगरपालिका वडा नम्वर ९ को बिर्दी नजिकैको पक्की पुल बाढीले बगाएको छ । अबुवा शेरा सडकखण्डको बिर्दी पुल चुती खोलाको बाढीले बगाएको हो ।

सोही वडाका विभिन्न ठाऊँमा चुती खोलाको बाढीले खेत बगाएको छ । सो खोलाको बाढीले जोगीबेशीदेखि विर्दीसम्मको करीब ३५ शय रोपनी खेत बगाएको अनुमान गरिएको वडाध्यक्ष भेजराज पाण्डेले बताउनुभयो ।

यस्तै पालुङटार ६ केउरेनीमा केशरबहादुर थापाको दुई कोठे घर पहिरोले बगाएको छ । सरस्वती विक, खेलबहादुर गुरुङ, पदमबहादुर थापा, वीरबहादुर राना, ज्योति राना लगायतको घरमा पहिरोले क्षति पु¥याएको प्रहरीको भनाइ छ । त्यस्तै छापथोक उखुबारीको बस्ती माथिबाट झरेको पहिरोले चारघर उच्च जोखिममा रहेको जनाएको छ ।

त्यस्तै पालुङ्टार ९ जोगीबेशीको राममाया कुँबरको घर स्थानीय खहरेखोलाले क्षतिग्रस्त बनाएको छ । उनको परिबार पुरानो बस्तीस्थित घरमा सरेको वडाअध्यक्ष पाण्डेले बताउनु भयो । पाण्डेका अनुसार स्थानीय चुतीखोलाको बाढीले सेराबजार उच्च जोखिममा रहेको छ ।

त्यस्तै पहिरोले बारकिलो बारपाक सडक पनि अवरुद्ध भएको छ । सिरानचोक गाउँपालिका वडा नं. ७ र ८ स्थित बिरालेझ्याङ र केराघारीमा पहिरो झर्दा सडक अबरुद्ध भएको डिएसपी लीलाराज लामिछानेले जानकारी दिनुभयो । प्रहरी कार्यालयले जनाएको छ । कानटारमा झरेको पहिरोले आँबुखैरेनी मनकामना सडक पनि अबरुद्ध रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology