Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

आँबुखैरेनीमा पहिरोमा ज्यान गुमाउने एक गोरखाका व्यक्ति भएको पुष्टी


23.1K
Shares

आँबुखैरेनीमा पहिरोमा ज्यान गुमाउने एक गोरखाका व्यक्ति भएको पुष्टी

गोरखा, २७ जेठ । आँबुखैरेनी मुग्लिन सडकखण्डमा पहिरोले पु्रिएर ज्यान गुमाउने दुई जना  मध्ये एक गोरखाको भएको पुष्टी भएको छ । प्रहरीका अनुसार गोरखाको सिरानचोक गाउँपालिका छोप्राक घर भएका ३५ बर्षिय केशव घिमिरेको  शव भेटिएको जनाइएको छ ।

अर्का मृतकको भने सनाखत हुन सकेको छैन । घटनास्थलमा एउटा कार र मोटरसाईकल पुरिएको अबस्थामा भेटिएको छ । कारमा कति यात्रु सवार थिए भन्ने एकिन हुन सकेको छैन ।

पृथ्वी राजमार्ग अन्र्तगत तनहुँको  आँबुखैरेनी गाउँपालिका ४ को साँखरमा रहेको उक्त सडक खण्ड बिहीबार राती परेको अबिरल बर्षाका कारण शुक्रबार बिहान ३ बजेतिर भासिएको थियो ।

कारको खोजी जारी राखिएको छ । खोजी कार्यमा नेपाल प्रहरी, शसत्र प्रहरी र नेपाली सेना खटिएका छन् ।

त्रिशुली नदीमा आएको बाढीका कारण उक्त सडक तलै देखि भासिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology