गोरखा, २६ जेठ । गोरखामा झोलुङ्गेपुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । बेपत्ता हुनेमा पालुङटार नगरपालिका ७ च्याङलीका ५० बर्षिय रेशम कुमाल रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
उनी बुधबार साँझ ६ः०० बजे गोरखा र तनहुँ जोड्ने बिमलनगरमा रहेको झोलुङ्गे पुलबाट हामफालेर मस्र्याङ्गदी नदीमा बेपत्ता भएका थिए । कुमालको हिजैदेखी स्थानिय र प्रहरीले खोजी गरेको भएता पनि बिहीबारसम्म पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।
प्रहरीले बिहीबार बिहानैदेखी स्थानियको सहयोगमा मस्र्याङ्गदी नदीमा उनको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी उपरिक्षक केदार खनालले जानकारी दिनु भयो ।