बाँके २६ जेठ । मलामी गएका दुई युवक नदीमा डुवेर बेपत्ता भएका छन् । हुम्ला जिल्लाको सिमिकोट गाउँपालिका वडा नम्बर ८ घर भइ हाल अध्यनको शिलशिलामा नेपालगञ्ज–१ धम्बोझीमा भाडामा बस्दै आएका १८ वर्षीय त्रिबल शाही र १८ वर्षकै लेकराज छन्त्यालको मृत्यु भएको हो।
बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार बिहीबार बिहान सात बजेतिर बाँकेको डुरुवा गाउँपालिका वडा नं। ४ स्थित राप्ती नदीमा दुबैको शव फेला परेको छ। उनीहरू बुधबार बेलुकी छिमेकीको मृत्यु भएपछि मलामी गएका थिए ।