गोरखा, २४ जेठ । गोरखा नगरपालिकाले विश्व वातावरण दिवसको अवसरमा माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
नगरपालिकाको आयोजनामा पृथ्वीको संरक्षणः दिगो प्रकृतिमैत्री जविनयापन ’ भन्ने शिर्षकमा आज भएको वक्तृत्वकला प्रतियागितामा मोर्डन अंग्रजी बोर्डिङकी जेनिशा रोका प्रथम हुनु भएको छ ।
कुल १५० अंकको मूल्यङकनमा भएको प्रतियोगितामा रोकाले १०२ अंकसहित प्रथम स्थान हाँसिल गर्न सफल हुनु भएको हो । यस्तै सरस्वती माध्यमिक विधालयकी मलिना श्रेष्ठ द्धितीय, द वल्ड क्यापिटल बोर्डिङकी कृष्टि सापकोटा तृतीय र जेनियस गोरखा बोर्डिङकी सिवानी श्रेष्ठले सान्तवना स्थान हाँसिल गर्नु भएको छ ।
प्रथम, द्धितीय, तृतीय र सान्तवना हुने सबैलाई क्रमश ५ हजार ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार सहित प्रमाण पत्र वितरण गरिएको आयोजकले जनाएको छ । नगर प्रमुख कृष्ण बहादुर रानाको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा नगरपालिका भित्रका विभिन्न आठ विधालयहरुको सहभागिता रहेको थियो ।
