Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा नगरपालिकाद्धारा दारिम डाँडामा बृक्षारोपण (फोटो फिचर सहित)


9.2K
Shares

गोरखा नगरपालिकाद्धारा दारिम डाँडामा बृक्षारोपण (फोटो फिचर सहित)

गोरखा, २२ जेठ । गोरखा नगरपालिका गोरखाले आज वडा नम्बर ४ स्थित दारिम डाँडामा बृक्षारोपण गरेका छ । ‘बिश्व बातावरण दिवसको अबसर पारेर नगरपालिकाको आयोजना तथा वडा कार्यालयको संयोजनमा बृक्षारोपण गरेको नगरपालिका बन,बातावरण तथा बिपत व्यवस्थापन शाखाका प्रमुख धुव्र घिमिरेले जानकारी दिनुभयो ।

उक्त डाडामा झण्डै २ सय वटा बिरुवा रोपिएको उहाँले बताउनुभयो । वडा नम्बर ४ का वडाध्यक्ष लालप्रसाद भट्टराईको अध्यक्षतमा भएको कार्यक्रममा नगरपालिकाले आँप, लिची, बकाइने, चाप, धुपी, इमिली, हर्रो बर्रो, धुपी लगायतका फलफुल सहितको रुख बिरुवा लगाइएको घिमिरेले जानकारी दिनुभयो ।

कार्यक्रममा वडा नम्बर ४ का वडासदस्यहरु, बिभिन्न राजनीतिक दलका प्रतिनिधि, टोल बिकास संस्थाका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology