गोरखा, २२ जेठ । गोरखाको पालुङटार नगरपालिका वडा नं. ७ च्याङली स्थित सतीघाट नजिकै एक वेवारीसे पुरूषको शव फेला परेको छ ।
आज बिहान मर्याङदी नदीको कुनाखेतमा बालुवा निकाल्न गएका ठेकेदारले नदि किनारमा शब देखेपछि प्रहरीलाइ खबर गरेको थियो ।
गोरखा र तनहुँ जिल्लाको बिच भाग भएर बग्ने मस्र्याङदी नदीको ढुङामा अड्किएको अवस्थामा अन्दाजी ४० बर्ष जतिको पुरूषको शव फेला परेको हो ।
फेला परेको पुरुषको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिनु भयो । शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याईएको छ ।