Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा जेसिजद्रारा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण


1.7K
Shares

गोरखा जेसिजद्रारा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

गोरखा, २२ जेठ । गोरखा जेसिजद्रारा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्य सम्पन्न गरेको छ ।

हरेक बर्ष जस्तै यसबर्ष पनि विश्व वातावरण दिवसको अवसरमा आज (आइतवार) गोरखा नगरपालिका–५ स्थित चिल्ड्रने पार्कमा वृक्षारोपण गरिएको हो ।

वृक्षारोपण कार्यक्रममा कपुर, धुपी, कल्की लगायतका १०० बिरुवा रोपिएको जेसिजका कोषाध्यक्ष राजेस श्रेष्ठले बताउनु भयो ।

गोरखा जेसीज बर्ष २०२२ का अध्यक्ष शैलेन्द्र भट्टको अध्यक्षता तथा जेसिजका कार्यकारिणी उपाध्यक्ष दिनेश दानीको संयोजकत्वमा भएको कार्यक्रममा गोरखा नगरपालिकाका पुर्ब मेयर राजनराज पन्त, वडा नम्वर ५ का अध्यक्ष खिल बहादुर राना, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, गोरखा जेसिजका पूर्व अध्यक्ष भगवान बाबु मास्के, उमेश गुरुङ, राजिव अधिकारी, नेपाली सेना, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधी लगायत जेसीज सदस्यहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology