गोरखा, २१ जेठ । उत्तरी गोरखामा भीरबाट खसेको ढुंगाले लागेर एक युवकको मृत्यु भएको छ ।
धार्चे गाऊँपालिका ३ उहीयाका २० वर्षका धनबहादुर गुरुङको दुङ्ला भन्ने ठाऊँमा ढुंगाले लागेर शुक्रवार साँझ ५ वजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुङ्लाबाट निसराङ ताल जाने पैदल बाटो निर्माण गरिरहेको अवस्थामा भीरबाट खसेको ढुंगाले लागेर गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।