Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गोरखाका एक युवक लागू औषध सहित पक्राउ


10.3K
Shares

गोरखाका एक युवक लागू औषध सहित पक्राउ

गोरखा, २१ जेठ । गोरखाका एक युवक नियन्त्रित लागू औषध सहित पक्राउ परेका छन् । जिल्लाको सिरानचोक गाउँपालिका–७, घर भएका निरज भनिने तुलबहादुर ढकाललाई प्रहरीले पक्राउ गरेको हो । काठमाण्डौ बुढानिलकण्ड नगरपालिका वडा नम्बर ७ हात्तिगौडा बस्ने ढकाललाई अबैध लागू औषध कारोबारको सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय जनाएको छ ।

डेरामा खानतलसी गर्दा निजको कोठामा व्ल्याङ्केटले छोपि जेब्रा झोलाभित्र लुकाई राखेको अवस्थामा Diazepam 2ml लेखिएको १०२० एम्पुल, Noophin 2ml लेखिएको ८५५ एम्पुल र Phenergan 2ml लेखिएको ८५० एम्पुल समेत गरि जम्मा २,७२५ एम्पुल, नियन्त्रित लागु औषध फेला परेको प्रहरीको भनाई छ । पक्राउ परेका ढकाललाई आवश्यक कानूनी कारबाहीको लागी प्रहरी वृत्त, महाराजगंज, काठमाण्डौ पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology